१ जेठ २०८१, मङ्गलवार

जब पोखरामा दीपक र पारसले तस्विर खिच्दा दर्शकले ‘राजा’ भन्दै बोलाए...

लेखक, कलाकार तथा निर्माता दीपकराज गिरी फिल्म ‘छक्का पन्जा ५’को पहिलो ड्राफ्ट तयार गर्न पोखरामा छन् । केही दिनदेखि पोखरामा रहेर उनले फिल्मको पहिलो ड्राफ्टलाई अन्तिम रुप दिइरहेका छन् । यसपछि भने दीपकले आफ्ना साथीहरूसँग बसेर फिल्मको पटकथालाई अन्तिम रुप दिनेछन् । 

उनीसँग ३–४ दिनदेखि निर्देशक दिनेश डीसी पनि जोडिएका छन् । दिनेश पोखरामा गएको समयमा दीपकसँग भेट भएको हो । यसपछि, भने उनीहरू एकसाथ छन् । 

तर, आइतबार पोखराको सडकमा उनीहरूसँग पूर्व युवराज पारस विक्रम शाहसँग भेट भयो । पोखराको सडकमा अचानक भेट भएपछि उनीहरूले एकसाथ तस्विर खिचाए । तस्विर खिचाउने क्रममा सडकमा हिँडिरहेका जनताले ‘राजा’ भनेर बोलाएका थिए । तर, जनताले ‘राजा’ कसलाई भने, यो दीपकलाई पनि थाहा छैन । तर, फिल्म ‘छक्का पन्जा’को सिरिजबाट दीपकराज गिरी ‘राजा’ उपनामले पनि चिनिएका छन् । 

दीपक र पारसबीच लामो कुराकानी हुन पाएन । सडकमै लामो कुराकानी गर्न थाल्दा भीड हुने र ट्राफिक जाम हुने अवस्था  थियो । यसैले, पारससँग हात मिलाउँदै तस्विर खिचाएपछि आफूहरू गाडी चढेर आफ्नो होटलतर्फ लागेको दीपकले बताए । 

‘सक्किगोनी’को टिम नयाँ फिल्मको तयारीमा, अर्को बर्ष रिलिज हुने

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’को  टिमले मिलेर फिल्म बनाउने भनेको लामै समय भइसकेको छ । उनीहरूले, फिल्मको कथा लेखिरहेको भन्दै मिडियामा प्रचार भएको पनि धेरै पटक भइसकेको छ । तर, फिल्म बन्न सकेको छैन । 

अब, भने यो सिरियलका मुख्य टिम नयाँ फिल्म बनाउन कस्सिएका छन् । फिल्मको स्क्रिप्टलाई फाइनल रुप दिनका लागि उनीहरू धादिङको नौबिसेको एक रिसोर्टमा बसेर काम गरिरहेका छन् । 

उनीहरूले, यो फिल्मलाई आउँदो बर्ष तयार पारेर रिलिज गर्ने तयारी समेत गरेका छन् । फिल्मको बारेमा अरु केही बताइएको छैन । फिल्मको स्क्रिप्ट लेखनमा नायक गजित विष्ट, निर्देशक दीपक आचार्य, कलाकारहरू कुमार कट्टेल र हरिश निरौला लागिपरेका छन् । 

टेलिभिजनमा हाँस्य सिरियलबाट लोकप्रिय भएपछि केही टिमले फिल्ममा पनि सफलता पाइसकेका छन् । ‘सक्किगोनी’को टिमले पनि सिरियलबाट लोकप्रियता पाएपछि फिल्म बनाउने प्रयास गरिरहेको छ । यसपटक भने उनीहरू आफ्नो प्रयासमा सफल हुने दौडमा छन् । फिल्मका लागि कलाकारहरू पनि फाइनल गर्ने क्रम जारी रहेको वुझिएको छ । चाँडै नै पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिने तयारी यो टिमको छ । 

अपराध थप
खेलकुद थप
मनोरञ्जन थप
समाज थप
साहित्य थप
जीवनशैली थप
आर्थिक थप
ब्रेकिङ न्युज थप
विचार थप